FAQs Complain Problems

ग्यालरी

तिलग‌ंगा आँखा प्रतिष्ठान काठमाण्डाैँ, जिल्ला सामुदायिक आँखा केन्द्र, सिन्धुपाल्चोक, बाह्रबिसे शहरी आँखा क्लिनिक र भोटेकोशी गाउँपालिकाको आयोजनामा भोटेकोशी गाउँपालिकाका अध्यक्ष श्री राजकुमार पौडेल ज्यू प्रमुख आतिथ्य , स्वास्थ्य स‌ंयोजक श्री भुपेन्द्र लाल श्रेष्ठ ज्यूकाे उपस्थितिमा मार्मिङ स्वास्थ्य चौकी, चाकुबजारमा निशुल्क आँखा शिविर सञ्चालन गरियो ।

मिति: 10/30/2021 - 12:46
,

भोटेकोशी गाउँपालिका भित्रका ९५ वर्ष भन्दा माथिका जेष्ठ नागरिक  सम्मान कार्यक्रम

मिति: 10/01/2021 - 11:08
मिति: 09/07/2021 - 14:03

भोटेकोशी गाउँपालिकाको आठौं गाउँसभा सम्पन्न भएको छ । अध्यक्ष राजकुमार पौडेललेज्यूले उद्घाटन गर्नुभई सभामा आव ०७८।०७९ को वार्षिक नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ । गाउँपालिकाको नीति तथा कार्यक्रम अध्यक्षज्यू तथा वजेट उपाध्यक्ष दावुटी शेर्पाज्यूले प्रस्तुत गर्नुभएको थियो ।५३ करोड १३ लाख ३५ हजार रुपैँयाको बजेट प्रस्तुत गरिएको छ । जसमा भोटेकोशी गाउपालिकाको आगामी आर्थिक वर्ष २०७८।०७९ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न चालु तर्फ रु २८ करोड ३९ लाख ८१ हजार ५ सय रुपैया, पूँजीगत तर्फ रु २२ करोड ६० लाख ५९ हजार ५ सय रुपैया जम्मा रु ५१ करोड ४१ हजार रुपैया रकम विनियोजित गरिएको छ । त्यसैगरी गा

मिति: 06/29/2021 - 20:05
, ,

भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता २०७८ को उपाधि शसस्त्र प्रहरीले हात पारेको छ । आज भएको फाईनल खेलमा न्यू डाईमण्ड क्लवलाई सोझोे सेटमा पराजित गर्दै शसस्त्रले उपाधि हात पारेको हो । यो सँगै शसस्त्रले तीन लाख रुपैयाँ हात पारेको छ । दोस्रो हुने न्यू डाईमण्ड क्लवले भने दुई लाख रुपैयाँ पाएको छ । त्यस्तै तेस्रो वनेको आर्मी क्लवले एक लाख रुपैयाँ प्राप्त गरेको छ । चौथो बनेको नेपाल प्रहरीको टिमले पचास हजार रुपैयाँ पाएको छ । आज भएको समापन कार्यक्रममा प्रमुख अतिथि भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले खेलाडी र टीम लाई पुरस्कार बितरण गर्नुभएको थियो । प्रतियोगितामा व

मिति: 04/24/2021 - 19:40
, , ,

भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रीय महिला भलिबल प्रतियोगिता २०७८ आज बाट सुरु भएको छ । प्रतियोगिताको उद्घाटन राष्टिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमवहादुर बस्नेत,नेपाल हिमालय सीमापार वाणिज्य संघका निवर्तमान अध्यक्ष बच्चु पौडेल लगायत अतिथिहरुको सहभागिता रहेको थियो । उद्घाटन कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कमलकुमार श्रेष्ठले स्वागत मन्तव्य राखनु भएको थियो । उद्घाटनपछिको पहिलो खेलमा न्यू डाईमन स्पोर्टस क्लवले त्रिभुवन आर्मी क्लव लाई २५-१४,२५-९ र २५-१४ को सोझो सेटले हराएको

मिति: 04/21/2021 - 21:28
, , , , , ,

अाज मिति २०७७/१२/०९ गते भाेटेकाेशी गाउँपालिका अन्तर्गत वडा नं १ मा भाेटेकाेशी गाउँपालिकाका अध्यक्ष श्री राजकुमार पाैडेल, वडा अध्यक्ष मुके शेर्पा, पूर्व गा वि स अध्यक्ष साङ्बु शेर्पा, जिल्ला अायाेजना कार्यान्वयन ईकाइ (भवन) चाैतारा, सि पा का प्रमुख सन्ताेष निराैला, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दुर्गादत चापागाई, स्वास्थ्य संयाेजक भुपेन्द्र लाल श्रेष्ठ र ईन्जिनियरहरूकाे उपस्थतिमा लिस्तिकाेट स्वास्थ्य चाैकी भवनकाे शिलान्यास कार्यक्रम भयाे । नेपाल र भारत सरकारकाे सहयाेगमा यस स्वास्थ्य चाैकी भवनकाे राष्टिय पुननिर्माण प्राधिकरणबाट कुल लागत रू २ कराेड ८ लाखमा बन्न लागेकाे छ ।

मिति: 03/23/2021 - 07:42
,

नेपाल सरकार सर्शत अनुदान रु. ३,००,०००। र ज्यामक्योङ संस्थाबाट अध्यक्ष श्री पेम्बा शेर्पा (पाल्देन दावा) लामाको विशेष पहलमा तिबेत रिलेफण्ड (इङल्याण्ड) को आर्थिक सहयोग विल्ड अप नेपाल ईन्जिनियरिङ प्रा.लि.को निर्माण सहयोगमा सामुदायिक स्वास्थ्य इकाई, छगाम लिस्तीकोटमा भोटेकोशी गाउँपालिकाका श्रद्धेय अध्यक्ष श्री राज कुमार पौडेलज्यू बाट स्थापना तथा शुभारम्भ भयो ।

मिति: 03/05/2021 - 09:48
, ,

Pages