समाचार
भोटेकोशी गाउँपालिकामा होमस्टे (घरबास) प्रर्वद्धन कार्यक्रम अन्तर्गत सामाग्री हस्तान्तरण कार्यक्रम
भोटेकोशी गाउँपालिका र राष्ट्रिय प्रकृति संरक्षण कोष, गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको समन्वयमा कोभिड – १९ को विषम परिस्थितिमा पनि सामाजिक दूरी कायम गरी गौरीशंकर संरक्षण क्षेत्र अन्तर्गत पर्ने भोटेकोशी गाउँपालिका वडा नं. १ को लिस्ती, छगाम, बगाम र वडा नं. ३ को दुगुनागढीमा होमस्टे (घरबास) प्रर्वद्धन कार्यक्रम अन्तर्गत सामाग्री हस्तान्तरण कार्यक्रममा भोटेकोशी गाउँपालिकाका उपाध्यक्ष श्री दाबुटी शेर्पा लामा, १ नं. वडाका वडा अध्यक्ष श्री मुके शेर्पा र गौरी शंकर संरक्षण क्षेत्रका कार्यालय प्रमुख श्री विष्णु प्रसाद पाण्डे ज्युु को उपस्थितिमा १५ जना संचालकहरुलाई होमस्टे स्थापना गर्न आवश्यक सामाग्रीहरु जस्तै सिरक खोल २ थान, डस्ना २ थान, तकिया खोल २ थान, तन्ना २ थान, चप्पल १ जोर, डोर म्याट १ थान, डस्टविन १ थान, तौलिया १ थान, ह्रयाङ्गर (कपडा झुन्ड्याउने) १ थान, ऐना १ थान, रजिष्टर र डट्पेन (पाहुनाहरुको विवरण राख्ने) १ थान, रबर एस्ट्रे १ थान, कार्पेट ६ मीटर, होम स्टे बोर्ड १ थान हस्तान्तरण गरियो । साथै यस गाउँपालिकामा ४१३० मिटरको उचाईमा रहेको छोमेन÷भैरवकुण्ड ताल जाने बाटोमा होम स्टे संचालन गरी आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनलाई प्रोत्साहन गरी रोजगारीको अवसर सृजना गर्न भोटेकोशी गाउँपालिकाले पहल गरि रहेको छ ।